रास्वपा सांसदले २ करोड मागेको विषयमा छानबिन हुन्छ: गृहमन्त्री

काठमाडाैं | चैत २७, २०७९

रास्वपा सांसदले २ करोड मागेको विषयमा छानबिन हुन्छ: गृहमन्त्री

काठमाडौं:  उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको विषयमा सार्वजनिक भएको अडिओबारे छानबिन हुने बताएका छन्।

 

रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधिसकेको छ। कपुरबोट मिडियाले रास्वपा सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच भएको अडिओ आइतबार सार्वजनिक गरेको थियो।

 

सोमबार चितवनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले २ करोड मागेको विषयमा छानबिन हुने बताए।

 

‘२ करोडको कुरा आएको छ, त्यसलाई आधिकारित रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कुनै निष्कर्षमा पुगिसकेका छैनौं,’ गृहमन्त्री श्रेष्ठले भने, ‘तर त्यसले एउटा परिणाम त बाहिर दिइनै सकेको छ।’

 

उनले यो विषयमा अनुसन्धान एउटा र अर्को विषय भनेको सम्बन्धित पार्टीका नेताहरूले पार्टीलाई पहिला प्रष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए।

 

रास्वपाले सांसद श्रेष्ठलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो। दोषी पाइएमा सांसद र पार्टी साधारण सदस्यबाट कारबाही गर्ने रास्वपाको चेतावनी छ।

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्